काठमाडौँ – नेपालकी पहिलो महिला राजदूत, विन्देश्वरी शाहको ९१ वर्षको उमेरमा आज बिहान निधन भएको छ, परिवारले जानकारी दिएको छ।
स्वर्गीय शाह सन् १९३३ मा भारतमा जन्मी थिइन्। उहाँले अमेरिकाको बर्नार्ड कलेज र कोलम्बिया विश्वविद्यालयबाट स्नातक र जोन्स हप्किन्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर शिक्षा प्राप्त गर्नुभएको थियो।
शाहले २०४५ सालमा भारतका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाल्नुभएको थियो। नेपालको कूटनीतिक इतिहासमा महिलाको प्रवेश भएको यो नियुक्ति ऐतिहासिक मानिन्छ, किनकि त्यसअघि कुनै पनि नेपाली महिलाले राजदूतको जिम्मेवारी पाएको थिएन।
स्वर्गीय शाहका दुई जना छोरा, अनिल केशरी शाह र उज्वल केशरी शाह छन्।
उनको कूटनीतिक योगदान र समर्पण नेपाली कूटनीतिक इतिहासमा सधैं सम्झिन योग्य रहिरहनेछ।
परराष्ट्रमन्त्री डा. आरजु राणाले पनि नेपालकी प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गरिन्।
मन्त्री डा. राणाले आज दिउँसो काठमाडौँको कालिमाटीस्थित शाहको निवासमा पुगेर उनका पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि दिएकी छन्।
स्वर्गीय विन्देश्वरी शाह विसं २०४४ मा भारतका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन् र परराष्ट्र सेवामा महत्वपूर्ण योगदान पुर्याएकी थिइन्।
प्रतिक्रिया