प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बीच बुढानीलकण्ठ स्थित भण्डारीको निवासमा भेटवार्ता भएको छ। यस भेटमा नेकपा (एमाले) को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ।

दुई घण्टा लामो छलफल पछि, भण्डारीले राजनीतिमा पुनः सक्रियता देखाउने संकेत दिएका छन्। शीतलनिवासबाट बाहिरिएपछि, मदन भण्डारी फाउण्डेशनको ब्यानरमा उनी देखिएका थिए। यसबाट पूर्वराष्ट्रपति भण्डारीको एमालेमा फर्कने संभावनालाई पनि संकेत गरिएको छ।

पूर्वराष्ट्रपति भण्डारीको यो नयाँ राजनीतिक सक्रियताले नेकपा एमालेको भित्रको राजनीति र आगामी योजनामा महत्वपूर्ण प्रभाव पार्न सक्ने संभावना रहेको विश्लेषकहरू बताउँछन्।