निर्देशक सन्तोष सेनको निर्देशनमा तयार भइरहेको फिल्म ‘बलिदान’को छायांकन अन्तिम चरणमा पुगेको छ । यो फिल्मको छायांकन पूर्वका विभिन्न जिल्लामा सेट लगाएर भइरहेको छ ।
यसैबिच, यो फिल्मको क्लाइमेक्सका लागि निर्माण टिमले कथा अनुरुप दानवी प्रवृत्तीको अन्तय गर्ने देवी कालीको चण्डी स्वरुपलाई दर्साउने ४२ फिट अग्लो विशाल मुर्ती निर्माण गरेको छ । यो मुर्तीका लागि भारतको कलकत्तामा निर्माण टिम पुगेको थियो ।
निर्देशक सेनले भने–‘फिल्मका लागि हामीलाई अद्धितिय र विशाल कालीमाताको मुर्ती चाहिएको थियो । देशभर खोजी गर्दा पनि हामीले आफ्नो चाहना अनुसारको मुर्ती पाएनौं । अन्ततः हामी भारतको कलकत्ता पुग्यौं ।’ यो मुर्तीलाई मोरङको हसिना सिमरास्थित वुढासुब्बा मैदानमा राखिएको छ ।
यो फिल्मको छायांकन लगभग पुरा भएको छ र चाडै नै टिजरसहित प्रदर्शन मिति तय गर्ने तयारी निर्माताको छ । फिल्मको एक्सनलाई रोमाञ्चित बनाउनका लागि दक्षिण भारतीय एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको छ ।
यो फिल्ममा पवन व्राडफोर्ड बिष्ट निर्माताको रुपमा छन् भने प्रेम पुरी सह–निर्माता हुन् । यो फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।
प्रतिक्रिया