‘ढोग दिया’ शब्दको दुरुपयोग भएको भन्दै आपत्ति,होच्याउने र अपहेलित गर्ने आरोप


काठमाडौँ – देउडा संस्कृति संरक्षण प्रतिष्ठानले ‘ढोग दिया’ शब्दको दुरुपयोग भएको भन्दै गम्भीर आपत्ति जनाएको छ। प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सुदूरपश्चिमको मौलिकता, संस्कार र भाषा संस्कृतिलाई होच्याउने गीत–संगीतको विरोध गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “कुनै भूगोल विशेष, क्षेत्र र सम्प्रदाय, जातजाति तथा समुदायसँग जोडिएका मौलिक कला, संस्कृति, परम्परा र पूजनीय संस्कारलाई होच्याउने खालका गीत र संगीतले समाजमा नकरात्मक प्रभाव पार्न सक्छ।” प्रतिष्ठानले यस प्रकारको गीत संगीतमा प्रयोग भएका शब्द र संस्कारको अपमान गर्ने प्रवृत्तिको विरोध गर्दै संगीतप्रति गम्भीर आपत्ति प्रकट गरेको छ।

‘नमस्ते ढोगदिया’ नामक गीत हालै सार्वजनिक भएको थियो, जसले प्रतिष्ठानको आपत्ति सिर्जना गर्‍यो। यस गीतले सुदूरपश्चिमको सांस्कृतिक र भाषिक विशेषतासँग सम्बद्ध शब्दको प्रयोगलाई होच्याउने र अपहेलित गर्ने आरोप लगाएको छ।

प्रतिष्ठानले यस गीतको समाजिक सञ्जालमा व्यापक प्रसार भएको प्रति चिन्ता व्यक्त गर्दै भनेको छ, “हाम्रो परम्परा, मौलिकता, सभ्यता र संस्कारसँग जोडिएका ओजपूर्ण शब्दलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गर्ने गरी प्रयोग गरिँदै आएका गीत र संगीतको गम्भीर आलोचना गरिन्छ।”

गीतको प्रकाशन पछि, केही दिनमै ५ लाखभन्दा बढी दर्शकहरूले यसलाई हेरेका छन्, जसले सांस्कृतिक सम्पदामा भएका असहज विषयवस्तुका कारण बढी चर्चामा ल्याएको हो।

विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले, सम्बन्धित निकायलाई यसप्रति ध्यान दिन र संस्कृतिको रक्षा गर्ने दिशा में कदम चाल्न आह्वान गरेको छ।