काठमाडौँ — स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा नेपालका चर्चित पत्रकार रास्वपा नेता रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँमा मुद्दा दर्ता भएको छ।
पुलिसको अनुसन्धानका आधारमा, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार जिल्ला अदालतमा उक्त मुद्दा दर्ता गरेको हो। यसअघि, सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध पोखरामा थुनछेक बहस चलिरहेको छ।
गोर्खा मिडिया प्रा.लि.का तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित अन्य अभियुक्तहरूमा स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सह–सचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, र पूर्वअध्यक्ष दिपक लामा रहेका छन्।
यो सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँको अनियमितता गरेको आरोपमा उनीहरूको विरुद्ध मुद्दा दर्ता भएको हो। अन्य अभियुक्तहरूमा पूर्वकोषाध्यक्ष सविना आलेमगर, सदस्य भक्तबहादुर भोलन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, पूर्वलेखा समिति सदस्य सुनिता नेवा, कर्जा उपसमिति सदस्य रोमन काफ्ले, व्यवस्थापक नविन अछामी, पूर्वअध्यक्ष कल्पना कुमारी श्रेष्ठ र पूर्वसञ्चालक समिति सदस्य राजु बराललगायत ३९ जना छन्।
यस मुद्दाको जाँच र अनुसन्धान जारी रहेको सरकारी वकिलले जानकारी दिएका छन्।
प्रतिक्रिया