“घुस नदिइकन कामै बन्दैन, प्रधानमन्त्रीलाई यो कुरा कस्ले भनिदिने ?” : सञ्चारमन्त्री गुरुङ


काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री र सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले घुस बिना सरकारी काम नहुने अवस्थालाई लिएर गम्भीर आपत्ति व्यक्त गरेका छन्। दीगो पर्यटन सहकारीको साधारण सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले भने, “प्रधानमन्त्री भन्छन्, ‘म पनि घुस खान्न, अरूलाई पनि खान दिन्न,’ तर वास्तविकतामा, आम नागरिकले घुस दिनु परिरहेको छ।”

उनले भने, “प्रधानमन्त्रीले भले घुस नखाने कुरा गरे पनि, आम मानिस घुस बिना सरकारी सेवा प्राप्त गर्न कठिनाइमा छन्।” उनका अनुसार, देशमा भ्रष्टाचार र घुसको समस्या सबैभन्दा धेरै नागरिकलाई नै भोग्नुपर्ने हुन्छ, र यो पीडा प्रधानमन्त्रीसम्म नपुगेको बताए।

“घुस दिने समस्याको वास्तविकता जनतालाई थाहा छ, तर ठूलो मान्छेलाई यसबारे के थाहा होला? मैले घुस खाएको भनेर कोही कहिल्यै आउने छैन। जनताले घुस दिएको कुरा प्रधानमन्त्रीलाई कहिल्यै थाहा नपाउँछ। सामान्य मानिस प्रधानमन्त्रीसँग भेट्न पाउँदैन,” मन्त्री गुरुङले भने।

सञ्चारमन्त्री गुरुङले थपे, “जब प्रधानमन्त्री जिल्लामा जानुहुन्छ, त्यहाँका कार्यकर्ताले उहाँलाई घेरेर राख्छन् र नागरिकको समस्या उठाउनै नपाइने अवस्था सिर्जना हुन्छ।”

उनका अनुसार, यस्तो अवस्थाले सरकार र नागरिक बीचको दूरी बढाउने काम गरिरहेको छ।