काठमाडौँ – संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन्।
यूएई सरकारले भिसा अवधि सकिएर अवैध रूपमा बसेका विदेशी श्रमिक र पर्यटकलाई घर फर्किने अवसर प्रदान गर्नका लागि आममाफी घोषणा गरेको हो। यो कार्यक्रम भिसा उल्लङ्घन गर्ने अन्य व्यक्तिहरूलाई पनि समेट्नेछ।
आममाफी कार्यक्रम १ सेप्टेम्बर २०२३ देखि शुरू भएको हो र यो ३० अक्टोबर २०२३ अर्थात् कात्तिक १४ गतेसम्म चल्नेछ। यो नियम पर्यटन भिसा सकिएका, भिसा उल्लङ्घन गर्ने र कम्पनीबाट भागेका आप्रवासी कामदारहरूको लागि लागू हुनेछ। तर, विना भिसा यूएई प्रवेश गरेका व्यक्तिहरूलाई भने यो नियम लागू नहुन सक्नेछ।
नेपाली दूतावास अबुधाबीले गैरकानूनी रूपमा बसेका नेपालीलाई आममाफीको सुविधा लिन अनुरोध गरेको छ। दूतावासले प्रक्रियासम्म गर्न र नेपाल फर्केर फर्किने व्यक्तिहरूलाई पुनः यूएई जानमा कुनै अवरोध नपर्ने जानकारी पनि दिएको छ।
प्रतिक्रिया