नायिका प्रियंका कार्की र दीया मास्केले अभिनय गरेको फिल्म ‘ममी’को प्रमोशनल गीत ‘म त यसै नक्कली’ सार्वजनिक गरिएको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको शक्तिशाली गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द, एसडी योगीको संगीत छ ।
यो गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन् । भिडियोमा फिल्मका मुख्य दुई कलाकारहरु प्रियंका कार्की र दीया मास्केको बुलन्द डान्स हेर्न सकिन्छ ।
फिल्ममा सुलक्षण भारती, समिप निरौला, आयुषी ढकाल, जेभिस श्रेष्ठ, घनश्याम जोशी लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्ममा पूर्णिमा जोशीर समर निरौलाको लेखन, समर निरौलाको निर्देशन छ । लोकराज जोशी, पूर्णिमा जोशीको लगानी रहेको फिल्ममा सुमन कोइराला कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा निशाल पौडेल र शरद महत्तोको छायांकन, सुरेन महर्जनको सम्पादन छ ।
यो गीत र भिडियो हेर्दा फिल्म ‘बोक्सीको घर’को ‘वुझिन मैले’ बोलको गीत याद आउँछ । हरर जनरामा यो फिल्म निर्माण भएको छ । माघको २५ गतेबाट यो फिल्म हलमा लाग्दैछ ।
प्रतिक्रिया