प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत रिहा हुनसक्ने ३४ जना बन्धकको सूची सार्वजनिक गरेको छ। एक वरिष्ठ हमास अधिकारीले बीबीसीलाई जानकारी दिएअनुसार, यी बन्धकहरूलाई इजरायलसँगको सम्भावित युद्धविराम सम्झौताका पहिलो चरणमा रिहा गर्न इच्छुक रहेको बताइएको छ।
सार्वजनिक गरिएको सूचीमा नेपालका विपिन जोशीको नाम समावेश छैन। सन् २०२३ को अक्टोबर ७ तारिखमा हमासले विपिन जोशीलाई अपहरण गरेको थियो। नेपाल सरकारले जोशीको रिहाइका लागि विभिन्न पहलहरू गरिरहेको भए पनि अहिलेसम्म कुनै सफलता हासिल गर्न सकेको छैन। यद्यपि, हमासले केहि अपहृत व्यक्तिहरूको ज्यान इजरायलको आक्रमणमा गएको बताएका छन्। विपिन जोशीको वर्तमान स्थिति अहिलेसम्म थाहा हुन सकेको छैन।
हमासले सार्वजनिक गरेको सूचीमा १० जना महिला, ११ जना वृद्ध पुरुष र साना बच्चाहरू समावेश छन्। यसका साथै, धेरै बन्धकहरू बिरामी पनि रहेका छन्।
इजरायली प्रधानमन्त्रीको कार्यालयले भने, हमासले इजरायललाई बन्धकहरूको सूची प्रदान गरेको भन्ने समाचारको खण्डन गरेको छ। गत हप्ता कतारको दोहामा युद्धविराम वार्ता पुनः शुरू भएको थियो, तर अहिलेसम्म कुनै महत्त्वपूर्ण प्रगति भएको छैन।
बीबीसीका अनुसार, हमासले सार्वजनिक गरेका बन्धकहरूको नामहरू यी छन्:
रोमी गोनेन, एमिली दमरी, अर्बेल येहूद, डोरोन स्टेनब्रेकर, एरियल बिबास, कफिर बिबास, शिरी सिलबरम्यान बिबास, लिरी अल्बाग, करिना अरिएभ, अगम बर्गर, डानियल गिलबोआ, नामा लेवी, ओहद बेन–अमी, गाद मोशे मोशे, कीथ शमूएल सिगल, अफर कलदारोन, एलियाहू शराबी, इट्जाक एल्गारेट, श्लोमो मन्सूर, ओहाद याहलोमी, युसेफ युसेफ अलजियादना, ओडेड लिफशिट्ज, तसाची इदान, हिशम अल–सैयद, यार्डन बिबास, सागी डेकेल चेन, इयर हर्न, ओमर वेन्कर्ट, अलेक्जेन्डर ट्रोफानोभ, एलिया कोहेन, वा लेवी, अवेरा मेन्जिस्टु, ताल शोहम र ओमर शेम तोभ।
प्रतिक्रिया