काठमाडौँ – नक्कली इन्सपेक्टर बनेर ठगी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ। प्रहरी पोशाकको दुरुपयोग गर्दै नक्कली इन्सपेक्टरको परिचय बनाएर ठगी गरेको आरोपमा सुदीप थापा नामक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
थापाले कागेश्वरी मनहरा नगरपालिका-७, थापाचोकका ३८ वर्षीय हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
यसैगरी, थापासँगै कोटेश्वरस्थित मार्शल प्रिन्टिङ प्रेसका ४४ वर्षीय सञ्चालक किशोरकुमार चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
एसपी काजीकुमार आचार्यका अनुसार, थापाले नक्कली इन्सपेक्टर परिचयपत्र देखाएर, प्रहरी पोशाक पनि लगाएर र उच्च पदस्थ व्यक्तिसँग खिचाएका तस्वीरहरू देखाएर ठगी गर्दै आएका थिए।
चौधरीलाई भने नक्कली परिचयपत्र बनाएको आरोपमा पक्राउ गरिएको छ। थापाले क्यानडा र अस्ट्रेलियालगायतका देशमा पठाउने बहानामा ठगी गरेको बताइएको छ।
प्रतिक्रिया