चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारले काठमाडौंमा ४ करोडको घर किनिन्


काठमाडौं चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारले काठमाडौंको गोंगबु गणेशस्थानमा ४ करोड मूल्यको घर खरिद गरेकी छन्। हालसालै खरिद गरिएको यो नयाँ घरले गायिका शान्तिश्रीको सफलताको अर्को पाटोलाई उजागर गरेको छ।

शान्तिश्रीले २०६८ सालमा धादिङका नारायण भुजेलसँग विवाह गरेकी थिइन्। उनका श्रीमान् एक एनजिओमा काम गर्छन्। यो जोडीकी चार वर्षकी एक छोरी पनि छिन्।

कुनै समय गिट्टी कुट्ने काम गर्ने उनले सांगीतिक क्षेत्रमा भविष्य बनाउन २०६४ सालमा काठमाडौं आएकी थिइन्। अहिले उनी लोकदोहोरी क्षेत्रकी स्थापित र सम्मानित कलाकारका रूपमा परिचित छिन्।