छोरीको कपाल तानेको भन्दै प्रियंकालाई गालीको वर्षा



नायिका प्रियंका कार्की जहाँ पुग्छिन् त्यहाँ उनको चर्चा हुन्छ । अझ, प्रियंकाले केही बोलिन् र केही गरिन् भने आलोचना गर्नेहरुको संख्या त कती हो कती ?

उनै, प्रियंका दुई दिन अगाडि मात्र फिल्म ‘ममी’को पत्रकार सम्मेलनमा पुगिन् । उक्त, समयमा उनले आफ्नी छोरी आयंकालाई पनि लिएर गएकी थिइन् ।

कार्यक्रम सकिएपछि प्रियंकासँगै उभिएकी उनकी छोरीले उनको कपडा उचालिन् । हट बनेर पुगेकी प्रियंकालाई यो कुरा मन परेन । उनले, छोरीको कपाल तानिन् र रिसाए जस्तो गरिन् । यसपछि फेरि उनी सम्हालिइन् र क्यामेराको अगाडि मुस्कुराइन् ।

छोरीको कपाल तानेको भन्दै अहिले प्रियंकाको चर्को आलोचना भएको छ । आफू छोरीसँग पुग्दा पहिरन नै त्यस्तो लगाउने अनी फेरि छोरीलाई गाली गर्ने भन्दै प्रियंकालाई आलोचना गर्नेहरु बढेका छन् ।

सोही कार्यक्रममा प्रियंकाले छोरीलाई आफू हिरोइन भएकाले यस्तो हट पहिरन लगाएको भन्दै जवाफ दिएकी छिन् । उनको यो जवाफमा पनि चर्को आलोचना भइरहेको छ ।

कार्यक्रममा छोरी लिएर पुग्दा प्रियंकाले गाली बढी खाएकी छिन् । अब त प्रियंका सचेत हुन्छिन् कि ?