दशैंमा सार्वजनिक गरिएको ओटीटी प्लेटफर्म ‘एमएसएम’ले भने छोटो समयमा नै लोकप्रियता हासिल गरेको छ । नयाँ नयाँ नेपाली फिल्म हरेक साता सार्वजनिक हुन थालेपछि दर्शक यो एपमा लोभिएका हुन् ।
३ लाख भन्दा बढी डाउनलोड भइसकेको यो एपमा ‘महाजात्रा, दिमाग खराब, खुस्मा, फर्की फर्की’ जस्ता फिल्म सार्वजनिक भइसकेका छन् ।
यो एप रिलिज हुँदै गर्दा निर्देशक निश्चल बस्नेतले आफ्नो फिल्म ‘बेहुली फ्रम मेघौली’ले शो नपाएर हैरान थिए । तर, उनले उक्त समयमा हलबाट फिल्म निकालेर यही एपमा सार्वजनिक गर्ने बोल्ड निर्णय लिएका थिए । जसले उनलाई राम्रो आम्दानीको बाटो खोलिदिएको थियो ।
नेपाली फिल्मका मेकरहरु अहिले पनि युट्युबबाट आउने केही रकममा लोभिएका छन् । तर, युट्युबमा दर्शकले निशुल्क फिल्म हेर्न पाउँछन् । विश्वका अधिकांश देशका मेकरहरुले युट्युबमा फिल्म रिलिज गर्न छाडेको अवस्था छ । नेपाली फिल्मका निर्माताले पनि अब यो बिषयमा सोच्नुपर्छ ।
यो एपको विशेषता के छ भने, यो मोबाइल, गुगल टीभी, एन्ड्रोइड टीभी, एमाजोन फायर स्टिक टिभीमा उपलब्ध छ । यस्तै, यो सामसुङ टीभी एप, एलजी टीभी एप, एप्पल टीभी एप, हिसेन्स टीभी एप, भिजियो टीभी एप, रोकु टीभी एप तथा कप्युटरबाट पनि हेर्न सकिन्छ ।
यसैले, हरेक वर्गका दर्शकले आफूले रोजेको नयाँ नयाँ फिल्म सहजै हेर्न पाउने देखिएको छ । यसले, एमएसएम एपप्रति दर्शकको चाहना अझै बढाएको छ ।
प्रतिक्रिया