फिल्म ‘सोल्टिनी’को छायांकन सुरु गरिएको छ । ३१ दिनको सेड्यूल तय गर्दै छायांकन सुरु गरिएको हो ।
मंगलबार इलामको रोङमा रहेको सानो पाथिभरा मन्दिरामा शुभसाइत गर्दै यो फिल्मको छायांकन सुरु गरिएको हो । अर्जुन सुवेदीको निर्देशनमा तयार हुने यो फिल्ममा प्रकाश सपुत, परिक्षा लिम्बु, सब्बु गुरुङ, सुन्दर धिताल लगायतको अभिनय रहनेछ । यी चार कलाकारले मुहुर्त सर्ट दिएका थिए ।
यो फिल्मको छायांकन इलाम तथा भोजपुरमा हुनेछ । फिल्ममा विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुजन खतिवडा लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
फिल्ममा प्रकाशले ‘भिमसेन पोखरेल’ र परिक्षाले ‘दिलासा’को भूमिका निर्वाह गर्दैछन् । फिल्मले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावको कथा भन्नेछ । यो फिल्ममा प्रशान्त सिवाकोटी र हुर्कलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन रहनेछ । प्लानेट थ्री फिल्मस्को प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म बन्न लागेको हो ।
फिल्ममा रेजिना बिष्ट र संसार चौलागाँइको लगानी रहनेछ । फिल्मलाई आउँदो बर्षको असोज ३ गते संविधान दिवसको अवसर पारेर रिलिज गरिनेछ ।
प्रतिक्रिया