काठमाडौं- च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईका सीईओ साम ओल्टम्यानलाई उनकै बहिनीले यौन शोषणको आरोप लगाएकी हुुन् ।
सामकी बहिनी एन ओल्टम्यानले उनीविरुद्ध मिसौरी राज्यको एक जिल्ला अदालतमा ६ जनवरीमा मुद्दा नै दर्ता गराएकी छिन् ।
एन ओल्टम्यानका अनुसार उनलाई सन् १९९७ देखि २००६ को बीचमा दाजु साम ओल्टम्यानले यौन शोषण गरेका थिए । त्यतिबेला उनी तीन वर्षकी र साम १२ वर्षका थिए भने सामले भने आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् ।
साम ओल्टम्यानले सोसल मिडिया प्लेटफर्म एक्समा आफ्ना दुई भाइ र आमासहितको संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै बहिनीले लगाएका आरोप निराधार भएको बताए ।
साम ओल्टम्यानका अनुसार उनले बहिनीको बिल तिर्ने, भाडा तिर्ने गरेर आर्थिक सहयोग गर्दै आएका छन् । तर उनले लगातार थप रकम माग्ने गरेकी छिन् । यही बीचमा उनले यौन शोषणमा परेको झुटा आरोप लगाएको साम ओल्टम्यानको भनाइ रहेको छ ।
साम ओल्टम्यान ओपन एआईकी च्याट जीपीटीको सीईओ हुन् । ओपन एआईले नै आर्टिफिसियल इन्टेलिजेन्ट च्याटबट च्याट जीपीटी बनाएका हुुन् ।
प्रतिक्रिया