काठमाडौँ- धादिङमा बिहीबार भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन्। दुर्घटना गल्छी गाउँपालिका(४ बेल्खुस्थित पृथ्वीलोकमार्गमा भएको हो, जहाँ पोखराबाट काठमाडौं जाने ग २ ख ६६६ नम्बरको माइक्रोबस ९हाइस० र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१८ नम्बरको ट्रक आपसमा ठोक्किए।
प्रहरीका अनुसार, दुर्घटनामा विभिन्न स्थानका १६ जना घाइते भएका छन्, जसमा स्याङजाकी २५ वर्षीया रविना शाह,नुवाकोट, विदुर नगरपालिका(१२ का २१ वर्षीय विकेक मिजार,धादिङ, निलकण्ठ नगरपालिका २ का २६ वर्षीय राज गुरूङ,पोखरा, कास्कीका २७ वर्षीया सुस्मिता आले,धादिङ, सिद्दलेख, गाउँपालिका ६ का २४ वर्षीय यम बहादुर घले,तनहुँ, शुक्ला गण्डकी गाउँपालिका ७ का ३८ वर्षीय सुनिता आले,गोरखा, सहिद लखन गाउँपालिका १ का २१ वर्षीय समय अर्याल,गोरखाकै ६१ वर्षीया मधुमाया अर्याल,साथै, घाइते हुनेमा अन्य व्यक्तिहरू पनि रहेका छन्
यसैगरि धादिङ, बेनिघाट रोराङ गाउँपालिका(६ का ३९ वर्षीय रमेश थापा मगर,नाम, ठेगाना नखुलेका एक जना विदेशी नागरिक,धादिङका २२ महिनाका रिहान पुन,धादिङका ३३ वर्षीय खिम राज पुन,नाम, थर नखुलेका दुई जना महिलाहरू,म्याग्दी, बेनि नगरपालिका(४ का ३४ वर्षीय पुरन पुन,पोखरा, कास्कीका ३४ वर्षीय पुष्प पुन दुर्घटनामा घाइते भएका व्यक्तिहरूको उपचार विभिन्न स्वास्थ्य संस्थामा भइरहेको छ। प्रहरी स्रोतका अनुसार दुर्घटनाको कारण र थप विवरणको अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया