जितुको प्रशंसा गरेर थाकेनन् दीपा र केदार


फिल्म ‘छक्का पन्जा ३’पछि कलाकार जितु नेपालको सहकार्य यो टिमसँग हुन सकेको छैन । उनीहरुबिचमा फाटो आएको खबर सार्वजनिक भइरहेको छ । तर, दीपकराज गिरी र जितु नेपालबिचको सम्बन्धमा भने अझै तिक्तता देखिएको छ ।

जितु नेपाल र दीपकराज सार्वजनिक कार्यक्रममा अंकमाल त गर्दै हिड्छन् । तर, सहकार्यका लागि भने उनीहरुबिचमा कुनै पहल भएको छैन ।

यसैबिच, जितु नेपाल अभिनित फिल्म ‘कार्साङ्’को बुधबार प्रिमियर भयो । यो फिल्मको प्रिमियरमा जितुलाई साथ दिन निर्देशक दीपाश्री निरौला र कलाकार केदार घिमिरे पुगे ।

फिल्म हेरेपछि केदारले जितुको खुलेरै तारिफ गरे । जितुले फिल्ममा बुलन्द अभिनय गरेको उनको भनाई थियो । जितुले यस्तो भूमिका पनि निर्वाह गर्न सक्छन् र भन्ने आफूलाई लागेकै थिएन भन्ने जवाफ केदारको थियो ।

यता, केदारले यसो भनिरहँदा दीपाले पनि उनको कामको तारिफ गरिन् । जितु नेपालको अभिनयमा विविधता झल्किएको दीपाको भनाई थियो ।

जितु उनीहरुको कुराले मख्ख देखिए । कार्यक्रममा दयाहाङ राई नआउँदा जितु हाबी हुने नै भए । तर, दीपा र केदारको साथले उनी मख्ख देखिए ।

बाहिरी रुपमा जितुको सम्बन्ध केदार र दीपासँग राम्रो देखिएको छ । अब, ‘छक्का पन्जा ६’ निर्माण हुन ३ बर्ष लाग्नेछ । अब, यी सबैको सम्बन्ध सुधार भयो भने फिल्म क्षेत्रलाई पनि फाइदा मिल्नेछ ।