रवि लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशीलाई पनि धरौटीमा छाड्न आदेश


काठमाडौं – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र पूर्व उपप्रधानमन्त्री रवि लामिछानेसँगै, पूर्वडीआईजी छविलाल जोशीलाई पनि धरौटीमा छाड्न आदेश कास्की जिल्ला अदालतले दिएको छ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार छविलाल जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

यो आदेशसँगै, अब छविलाल जोशीलाई धरौटी बुझाएर रिहा हुने र आगामी कानूनी प्रक्रियामा तारेखमा उपस्थित भएर मुद्दाको पुर्पक्ष गर्ने मौका प्राप्त हुनेछ।

सूर्यदर्शन सहकारी प्रकरणमा छविलाल जोशी पनि रवि लामिछाने, लिला पछाईं, र अन्य अभियुक्तहरूसँगै मुछिएका छन्। सहकारी ठगी, सम्पत्ति शुद्धीकरणसंगठित अपराधका आरोपमा उनीविरुद्ध मुद्दा चलिरहेको छ।

अदालतको यो निर्णयले छविलाल जोशी र अन्य अभियुक्तहरूको भविष्यको कानूनी प्रक्रिया र संघर्षको नयाँ मोडको संकेत दिएको छ।