अटोमा सवार ४६ वर्षीय भुवन खत्रीको निधन


काठमाडौँ- बिहीबार शहीदगेटदेखि चौराहातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४८८७ नम्बरको अटोमा सवार धनगढी उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने ४६ वर्षीय भुवन खत्री एक्कासी बेहोस भएका थिए ।

उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो तर उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० कबिन्द्रसिंह बोहराले बताए ।

उनकाअनुसार अटो चालक धनगढी उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय नारायण थापा र अटोमा सवार धनगढी–३ बस्ने ४२ वर्षीया मन्जुरी खानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएका छन् ।