‘१२ गाउँ’को कमाईबाट छोरालाई विराजको ३ करोडको गाडी उपहार



नायक विराज भट्टले फिल्म ‘१२ गाउँ’बाट १० करोड बढी नाफा कमाए । फिल्मले बक्स अफिसमा २० करोड माथिको ग्रस कलेक्शन गर्यो । फिल्मको विदेश अधिकारदेखि डिजिटल अधिकारबाट पनि राम्रो कमाई हात पर्यो ।

जसकाकारण, विराजको हातमा १० करोड नाफा आएको हो । उनै, विराजले फिल्मले मनग्य आम्दानी गरेपछि छोरा समीर भट्टलाई ३ करोड भन्दा महंगो गाडी किनिदिएका छन् ।

विराजले शुक्रबार चाबहिलस्थित टोयोटाको सोरुमबाट महंगो गाडी खरिद गरिदिएका हुन् । यो गाडीको बजार मुल्य ३ करोड भन्दा माथि छ । गाडी खरिद गरेपछि विराजले केक समेत काटेका थिए । उनले, यो गाडी छोरा समीर भएको स्थान विराटनगर नै पुगेर हस्तान्तरण गर्न लागेको वुझिएको छ ।

समीर हाल फिल्म ‘बलिदान’को छायांकनका लागि पुर्वमा छन् । नेपाली फिल्म क्षेत्रमा यति महंगो गाडी चढ्ने समीर पहिलो नायक हुनेछन् ।