काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी लामिछाने अहिले जिल्ला अदालतमा उपस्थित भएका छन् ।
लामिछाने गत बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले रविसहित सातै जना प्रतिवादीलाई धरौटीमा छाडेको थियो । रवि ६५ लाख धरौटी तिरेर आज जिल्ला अदालत आफैं हाजिर हुने शर्तमा छुटेका थिए ।
प्रतिक्रिया