लामिछाने अदालतबाट बाहिरिँदा जे देखियो ;हेर्नुहोस भिडीयो सहित


काठमाडौं, २८ पुस । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाएको छ । कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण उनलाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । लामिछाने गत बिहीबार ६५ लाख धरौटीमा कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए ।

आज विहान लामिछाने आफैं काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए । उनको बयान सकिएपनि थुनछेक बहस भने आज हुन सकेन । न्यायाधीश माधव अधिकारीको इजलासमा उनको बयान भएको थियो । मुद्दा हेर्दाहेर्दैमा राखेर उनलाई प्रहरीको हिरासतमा पठाइएको हो । लामिछानेलाई आज काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिने बताइएको छ ।

उनी अदालतबाट बाहिरिने क्रममा रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकको बाक्लो भीड लागेको थियो । लामिछाने बाहिरिने क्रममा समर्थकहरुले ‘रवि दाई हाई हाई’ लगायतका नारा लगाएका थिए ।