प्रदीपसँगको प्रेमबारे के भन्छिन् दिव्या ?



नायक प्रदीप खड्का र नायिका दिव्या रायमााझीको प्रेम चर्चा चलिरहेको छ । कतिपयले यो चर्चा फिल्म चलाउनका लागि हो पनि भनेका छन् । तर, उनीहरु निकट श्रोतका अनुसार, यी दुई गहिरो प्रेममा छन् भन्ने पनि छ ।

यी दुइले एकसाथ दुइ फिल्ममा काम गरिसकेका छन् । उनीहरुले ‘एक्टर’ फिल्मबाट डेब्यू गरेका हुन् भने ‘पिताम्बर’मा पनि एकसाथ काम गरेका छन् ।

प्रदीप र दिव्याले प्रेमको चर्चा चलिरहँदा जवाफ भने दिएका थिएनन् । तर, आज आयोजित फिल्म ‘पिताम्बर’को पत्रकार सम्मेलनमा दिव्याले यसको जवाफ दिएकी छिन् ।

उनले, प्रदीपसँगको प्रेमलाई स्विकार गरिनन् । तर, भनिन्–‘सायद, हामी दुईको जोडीलाई मन पराएर दर्शकले यसो भन्नुभएको होला । दुबै जनाको जोडी रियलमा पनि भइदिए हुन्थ्यो भन्ने दर्शकलाई हुनसक्छ । यो त राम्रो कुरा हो नी होइन र ?

दिव्याले यसो भनिरहँदा फिल्मकी निर्देशक कृषा चौलागाइले फेरि थपिन्–‘हाम्रो फिल्मको सेटमा बिहे नगरेका यी दुई मात्र हुन् । यसैले, पनि यस्तो हल्ला चलेको होला ।’

दिव्याले फिल्मको सेटमा एक पटक आफू प्रदीपका कारण रोएको खुलासा गरिन् । किन रुवाएका थिए त दिव्यालाई प्रदीपले ? प्रदीपले भने–‘फिल्मको परिचयात्मक दृश्यमा दिव्याले अभिनय गरिरहेकी थिइन् । उनलाई गाह्रो भइरहेको थियो । सो समयमा मैले अल्ली राम्रोसँग गर्न आउँदैन भनेको थिएँ । सायद, मेरो बोली केही कडा भएछ क्यारे । उनी रोइन् ।’