नायक समीर भट्ट अहिले फिल्म ‘बलिदान’को सेटमा छन् । फिल्मको अन्तिम चरणको छायांकन चलिरहँदा यसप्रति आम दर्शकको उत्साह झनै बढेको छ ।
यसको निर्माणपक्षले पूर्वको सुन्दर हरैचा ५ मा रहेको हसिना सिमसारमा फिल्मको छायांकन गरिरहेको छ ।
यो स्थानमा काली माताको मुर्ती स्थापित गरेर छायांकन गरिएको हो । यो स्थानमा महोत्सवको समेत आयोजना गरिएको छ ।
जहाँ, स्थानीय मानिसहरुको समेत सहभागीता छ । महोत्सवमा पुगेका अधिकांशले विभिन्न परिकारका खानेकुराहरुको स्वाद समेत लिन पाइरहेका छन् ।
सुन्दर हरैचामा नायक समीर भट्ट एक्सनमा देखिन्छन् । निर्माणपक्षले उनको लुक्स र दृश्य लुकाउन हरदम प्रयास गरेपनि थुप्रै भिडियोहरु बाहिरिएका छन् ।
सन्तोष सेनको निर्देशनमा तयार भइरहेको यो फिल्ममा ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा लगायतका कलाकारहरुको पनि अभिनय छ ।
यो फिल्मको अझै १५ दिन छायांकन सिमसारमा हुनेछ । नायक समीर भट्टले समेत भोलि माघे संक्रान्तीमा सिमसारमा उपस्थित हुन आम मानिसहरुलाई आग्रह गरेका छन् ।
यो फिल्मको प्रदर्शन मिति तोकिएको छैन । फिल्मले बक्स अफिसमा आक्रामक व्यापार गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया