फिल्म ‘पिताम्बर’को टिजरले युट्युबमा आक्रामक भ्यूज पाएको छ । जसको प्रत्यक्ष फाइदा फिल्मको व्यापारमा हुने देखिन्छ । कृषा चौलागाइको निर्देशनमा तयार भएको फिल्मको टिजरले २४ घन्टामै १० लाख भ्यूज बटुलेको थियो । फिल्मको टिजर हालसम्म १५ लाख बढीले हेरेका छन् ।
३१ हजार भन्दा बढी लाइक आएको टिजरमा २४ सय भन्दा बढी प्रतिक्रिया आएका छन् । अधिकांश दर्शकले फिल्मको टिजर हेरेपछि पहिलो दिन नै फिल्म हेर्न जाने प्रतिक्रिया दिएका छन् ।
दर्शकले नायक प्रदीप खड्काको एक्सन अवतारलाई निकै रुचाएका छन् । साथै, नायक सौगात मल्लको गेटअप र संवादलाई पनि दर्शकले रुचाएको देखिन्छ ।
मल्टिस्टारर यो फिल्मले चैत्र २९ गते बम्पर ओपनिङ गर्ने देखिएको छ ।
फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, अनुप विक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, दिव्य देव पन्त, दिव्या रायमाझी, गौरव बिष्ट लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्मको टिजरले उत्कृष्ट प्रतिक्रिया पाएपछि निर्देशक कृषा चौलागाई खुशी देखिएकी छिन् । उनले, आफ्नो मिहिनेतलाई दर्शकले समर्थन गरेको बताइन् । विशाल चौलागाई यो फिल्मका निर्माता हुन् ।
प्रतिक्रिया