रविको सुनुवाइ सकियो, आजै आदेश आउने


स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक सम्बन्धी बहसको सुनुवाइ आज सकिएको छ। सुनुवाइको क्रममा सरकारी वकिलहरूको बहस, जाहेरकर्ताका कानुन व्यवसायीहरूको बहस र रविका पक्षको बहसपछि जवाफी बहस पनि भएको थियो।

सुनुवाइको अन्तिममा रवि लामिछानेले संक्षिप्त भनाइ राखे। त्यसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले सुनुवाई सकिएको घोषणा गर्दै सबैलाई इजलासबाट बाहिर जान आदेश दिएका छन्। उहाँले भने, “सुनुवाइ सकियो, अब तपाईंहरु सबै बाहिर जानुस् र मलाई काम गर्न दिनुुस्।”