वकिल दिनेश त्रिपाठी माथि रविका समर्थकहरूले कुटपिट गरे


स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक सम्बन्धी सुनुवाइ काठमाडौंमा सकिएको छ। सरकारी वकिलहरूको बहस, जाहेरकर्ताका कानुन व्यवसायीहरूको बहस, रविका पक्षका वकिलहरूको बहस, र सरकारी वकिलहरूको जवाफी बहसपछि सुनुवाइ अन्तिमत: सम्पन्न भएको हो।

सुनुवाइको अन्तिममा रवि लामिछानेले संक्षिप्त भनाइ राखेका थिए, र त्यसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले सुनुवाइ सकिएको घोषणा गर्दै सबैलाई इजलासबाट बाहिर जान आदेश दिएका छन्।

त्यसै बीच, रविको विपक्षमा बहस गरेका वकिल दिनेश त्रिपाठी माथि रविका समर्थकहरूले कुटपिट गरेका छन् । बहस सकेर बाहिर निस्किरहेका दिनेश त्रिपाठीमाथि आक्रमण भएको हो।