नायक सैफअली खानमाथि चक्कु प्रहार भएको छ । उनीमाथि आज बिहान २ः३० बजे उनकै घरमा चक्कु प्रहार भएको हो ।
सैफली खानको घरमा पसेका चोरले उनीमाथि चक्कु प्रहार गरेका थिए । अहिले सैफको लिलावती अस्पतालमा उपचार भइरहेको छ । उनको घाटीमा १० सेन्टिमिटर काटेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
घर पसेका चोरको सुरुवातमा सहयोगीहरुसँग झगडा परेको थियो । पछि, सैफले हस्तक्षेप गरेपछि वादविवाद भयो र उनीमाथि चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट सैफको हातमा पनि चोट लागेको छ । हाल उनको शल्यक्रिया भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
सैफको घरमा काम गर्ने तीन जनालाई पक्राउ गरि सोधपुछ गरिएको पनि मिडियामा उल्लेख छ ।
प्रतिक्रिया