सामाजिक संजाल टिकटकमा गायिका एलिना चौहानको डिभोर्सको हल्ला छ्याप्तछ्याप्ती छ । गायिका चौहान र उनका पति विष्णु सापकोटाको डिभोर्स हुन लागेको चर्चा चुलिएको छ । तर, यस बिषयमा अहिलेसम्म गायिका चौहानले केही पनि बताएकी छैनन् ।
एलिना ५ महिनादेखि नेपालमा छिन् । उनका पति सापकोटा अष्ट्रेलियामा छन् । नेपाल आउने वित्तिकै एलिना ओसो तपोवनमा पुगेको भिडियो भाइरल भएको थियो । यसपछि, उनले दिएको एक अन्तरवार्ता पनि अहिले भाइरल भइरहेको छ जहाँ, उनले पतिसँगको सम्बन्धको बिषयमा बोलेकी छिन् ।
तर, गायिका ज्योती मगरले लेखेको एक स्टाटसपछि भने उनी र विष्णुबिचको सम्बन्ध राम्रो छैन भन्ने चर्चा चलेको हो । ज्योतीले एक गायिका भन्दै नाम उल्लेख नगरी स्टाटस लेखिन् र हटाइन् । तर, बिहिबार सार्वजनिक भएको रजतपट कार्यक्रममा भने एलिनाको डिभोर्स नै हुन लागेको खबर सार्वजनिक भएपछि यसले चर्चा बढी पाएको हो ।
सामाजिक संजालमा ज्योतीले लेखेको स्टाटसमा एक गायिकामाथि घरेलु हिंसा भएको उल्लेख छ । गायिकाले आफूलाई निलडामका तस्वीर देखाएको भन्दै ज्योतीले स्टाटस लेखेकी थिइन् ।
पछि उक्त स्टाटस हटाइएको थियो । तर, अहिले ज्योतीको उक्त स्टाटस एलिनाकै लागि थियो भन्ने चर्चा सुरु भएको हो ।
एलिना र उनका पतिबिच सम्बन्धमा खटपट भएको र एलिनामाथि घरेलु हिंसा भएको खबर सार्वजनिक भएसँगै उनका फ्यानहरु चिन्तित बनेका छन् ।
प्रतिक्रिया