गगन थापाको दाबी : निजी क्षेत्र उत्साहित छ


काठमाडौं, ४ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निजी क्षेत्र उत्साहित रहेको दाबी गरेका छन् । सरकारले निजी क्षेत्रको विश्वास बढाउन र व्यवसायिक वातावरण सहज बनाउन आफूहरुले प्रयास गरेको थापाको भनाई छ । अहिले गर्न खोजिएको कानूनी सुधारप्रति निजी क्षेत्रका साथीहरु उत्साहित रहेको पनि उनको दाबी छ ।

थापाले निजी क्षेत्रका अगुवाहरुसँग गरेको छलफलको तस्विर सार्वजनिक गर्दै फेशबुकमा लेखेका छन्–

निजी क्षेत्र उत्साहित छ! निजी क्षेत्रका साथीहरूसँग सरकारले निजी क्षेत्रको विश्वास बढाउन र व्यावसायिक वातावरण सहज बनाउन हामीले गरेका र गर्न खोजेका प्रयासका सम्बन्धमा छलफल ग¥यौँ। अहिले गर्न खोजिएको कानुनी सुधारप्रति निजी क्षेत्रका साथीहरू उत्साहित हुनुहुन्छ। हामीले अहिलेभन्दा सहज रूपमा काम गर्न सकिने वातावरण निर्माणका लागि के–कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरेका छौँ। अब सुधारको रफ्तार बढाउनुपर्छ।