काठमाडौँ- संयुक्त राज्य अमेरिकामा आइतबार बिहानदेखि सामाजिक सञ्जाल प्लेटफर्म टिकटक बन्द भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रयोगकर्ताहरूको मोबाइलबाट टिकटक एप हटेको र गुगल प्ले स्टोर र एप्पल स्टोरबाट पनि अनुपलब्ध भएको जनाएका छन्। अमेरिकी सरकारले टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनी बाइटडान्सलाई अमेरिकामा टिकटक सञ्चालन गर्नका लागि विकल्प दिइएको थियो ।
टिकटकलाई अमेरिकी कम्पनीलाई बेच्ने।mशुक्रबार अमेरिकी उच्च अदालतले सरकारको निर्णय सदर गरेपछि टिकटक बन्द भएको हो। तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई ९० दिनको समय दिएका थिए। सोमबारदेखि ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन्।
टिकटकको बन्दका कारण लाखौँ अमेरिकी प्रयोगकर्ताले प्लेटफर्म गुमाएका छन्। अमेरिकी कम्पनीहरूले बाइटडान्ससँग हुने सम्भावित सम्झौता वा भविष्यमा प्लेटफर्म पुनः सुरु गर्ने प्रयासबारे कुनै आधिकारिक जानकारी आएको छैन।
प्रतिक्रिया