काठमाडौँ- भारतीय गायक दर्शन रावलले विवाह गरेका छन्। उनले धरल सुरेलियासँग वैवाहिक जीवन सुरू गरेका हुन्। दर्शनले सामाजिक सञ्जालमार्फत केही तस्बिर सार्वजनिक गर्दै आफ्नो विवाहको खबर दिएका छन्। तस्बिरसँगै उनले लेखेका छन्, मेरी बेस्टफ्रेन्ड फरएभर। यसपछि उनीप्रति बधाईका सन्देशहरूको ओइरो लागेको छ।
धरल सुरेलिया आर्किटेक्ट, आर्टिस्ट, र डिजाइनर हुन्। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्स का अनुसार, दर्शन र धरल केही वर्षदेखि एक(अर्कालाई डेट गरिरहेका थिए।
दर्शन रावल (उमेर ३०) बहुप्रतिभाशाली गायक, गीत लेखक, र संगीतकार हुन्। उनले हिन्दी, गुजराती, पञ्जाबी, र बंगाली भाषामा थुप्रै गीत गाएका छन्। उनले इन्डियाज रक स्टारु को उपाधि पनि जितेका छन्।
उनले बलिउडका चर्चित फिल्महरू प्रेम रतन धन पायो, सनम तेरी कसम, लव आजकल, र रक और रानीकी प्रेमकहानी मा गीत गाएका छन्। उनका फ्यानहरू अहिले उनको वैवाहिक जीवनका लागि शुभकामना दिइरहेका छन्।
प्रतिक्रिया