सुदूरपश्चिमका एमालेका कार्यकर्ता पार्टी छोडेर भीम रावललाई साथदिदै ५९ जनाले गरे राजीनामाको घोषणा


काठमाडौं । नेकपा एमालेबाट निस्कासितमा परेका डा भीम रावलको पक्षमा सुदूरपश्चिमका ५९ जना कार्यकर्ताले पार्टी छाडेका छन् । ५९ जना नेता–कार्यकर्ताले रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
उनीहरूले एक प्रेस विज्ञप्ति जारी गर्दै रावललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पार्टीबाट गरिएको निष्कासन स्वेच्छाचारी, निरङ्कुश र तानाशाही निर्णयको विरोध र भर्त्सना गर्दै अभियानमा लाग्न समेत आह्वान गरेका छन् ।

परित्याग गर्नेहरूमा एमालेको केन्द्रीय पर्यटन विभागका सदस्य रमेश बहादुर कुँवर,सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल, दुधकला विष्ट लगायत छन्।