नायक सुशील श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘आउटलः दफा २१९’ फागुनको २९ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मलाई लिएर सुशील निकै उत्साहित छन् । साथमा, यो फिल्ममा आफूले निकै मिहिनेत गरेको सुशीलको भनाई छ ।
फिल्ममा सुशीलले करिब ५० मिनेट एक्सन गरेका छन् । यसले, पनि फिल्मका लागि उनको मिहिनेत कती छ भन्ने झल्कन्छ ।
यसैबिच, यो फिल्मको एक एक्सनको दृश्यमा सुशीलले आफ्नो शरीरमा आगो लगाएका छन् । शरीरमा आगो लगाएर एक्सन गर्नु जोखिमपूर्ण मानिन्छ । तर, खुशीलले भने आफ्नो शरीरमा आगो लगाएर एक्सन गरेको देख्न सकिन्छ ।
टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको यो फिल्मलाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अमित अग्रहरिको लगानी छ । फिल्ममा सुशिलको साथमा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, विशाल पहारि लगायतका कलाकारहरुको अभिनय छ ।
चुल्ठे काजीको एक्सन रहेको यो फिल्ममा साहिल खानको सम्पादन नविन गुरुङको डीओपी छ । विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन् ।
प्रतिक्रिया