फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का मुख्य कलाकार विजय बरालले यो फिल्मको सफलताको ५ प्रतिशत हिस्सा पाउने भएका छन् । फिल्मले बक्स अफिसमा ऐतिहासिक रेकर्ड बनाएको थियो । फिल्मले बक्स अफिसमा करिब ५० करोडको ग्रस कलेक्शन गरेको बताइएको छ ।
यो फिल्मबाट निर्माताको हातमा करिब १८ देखि १९ करोड आउने देखिएको छ । फिल्मबाट कलाकार विजय बरालले करिब १ करोड रुपैयाँ पाउने पक्का भएको छ ।
यो फिल्मका निर्माता विनोद पौडेलले पनि फिल्मबाट विजय बराललाई नाफाको ५ प्रतिशत लिने बताए । उनले भने–‘उहाँसँग नाफाको ५ प्रतिशत लिने गरि सहमती भएको हो । अब, केही दिनमै वितरकबाट हामीलाई पैसा आइपुग्छ । त्यसपछि, विजयजीलाई हामी उहाँले पाउने रकम हस्तान्तरण गर्छौ ।’
नेपालमा निकै कम मात्र कलाकारहरुले नाफाको शेयरमा काम गर्ने गर्छन् । अधिकांशले महंगो पारिश्रमि त लिन्छन्, तर नाफाको शेयर लिने गरि जोखिम मोल्न चाहदैनन् । तर, यसपटक भने विजय बराललाई फिल्मबाट राम्रो आम्दानी हुने पक्का देखिएको छ ।
सरोज पौडेलको निर्देशनमा तयार भएको यो फिल्ममा विजयको साथमा मुकुन भुषाल, प्रकाश सपुत, अन्जना बराइली लगायतका कलाकारहरुको अभिनय छ ।
प्रतिक्रिया