काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको छ। सवारी जाँचका क्रममा चेकिङमा खटिएका प्रहरीले युवकलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक ध्यानाकर्षण गराएको थियो। भिडियोमा प्रहरीले ूमाथिको पावर देखाएकोू भन्दै युवकलाई लात्ती प्रहार गरेको देखिन्छ।
जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालय काठमाडौंले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै संलग्न प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ।
दोषी प्रहरीलाई तत्काल निलम्बन गरिएको छ। घटनाका सम्बन्धमा विस्तृत छानबिन गरी थप कारबाही गरिने एसपी गौतम मिश्रले जानकारी दिएका छन्। प्रहरी प्रधान कार्यालयले वक्तव्य जारी गर्दै घटनाप्रति खेद व्यक्त गरेको छ। सार्वजनिक जिम्मेवारीको दायरा उल्लंघन गर्ने घटनामा शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाइएको छ।
प्रतिक्रिया