फिल्म ‘माइतीघर’का लागि मुख्य कलाकारहरुको लाइनअप पुरा भएको निर्माणपक्षले बताएको छ । यो फिल्ममा नायक धिरज मगरलाई साइन गरेसँगै कलाकारहरुको लाइनअप पुरा भएको निर्माणपक्षले जानकारी दिएको छ ।
रोहित अधिकारीको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा यसअघि कलाकार केदार घिमिरे, प्रकाश सपुत, नायिका उपासना सिंह ठकुरी, नव–नायिका दिकिला शेर्पा फाइनल भइसकेका छन् ।
यो फिल्ममा वुद्दि तामाङको पनि मुख्य भूमिका रहनेछ ।
यो फिल्मको छायांकन केही महिनामा सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ । फिल्मलाई आउँदो बर्षको दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । दशैंमा एउटा शोज पाएपनि फिल्म रिलिज गर्ने घोषणा निर्माता रोहित अधिकारीले गरिसकेका छन् ।
मिलन तामाङको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी रहनेछ । चन्द्रकुमार दोङको कथा रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको संवाद छ । फिल्मका कार्यकारी निर्माता ईश्वरी श्रेष्ठ हुन् ।
प्रतिक्रिया