आगो ताप्ने क्रममा जलेर एक जनाको गयो ज्यान


काठमाडौँ- बाराको प्रसौनी गाउँपालिका ७ बन्जरीया बस्ने ७५ वर्षीया रजिया साह कानुको आगोले जलेर मृत्यु भएको प्रहरीले बताए ।

आइतबार बिहान आफ्नै घर अगाडि परालको आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर उनी गम्भीर घाइते भएकी हुन् ।

गम्भीर घाइते भएकी उनलाई थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा गएराति बाटोमै मृत्यु भएको प्रहरीले जानकारि दिएको छ ।