काठमाडौँ- विपिन जोशी नेपाली युवा विपिन जोशी हाल हमास अतिवादी समूहको नियन्त्रणमा छन्। परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा। बदर अब्देल(अतिसँग फोन वार्ता गरेर विपिन जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेकी छन्। इजिप्टका विदेशमन्त्री डा। अब्देल अतिले विपिन जोशीको रिहाइका लागि इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने बताए।
इजरायल र हमासबीच युद्धविराम भएको छ र शान्तिवार्ताको प्रक्रिया जारी रहेको छ। हमासले आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई आइतबारदेखि मुक्त गर्ने प्रक्रिया थालनी गरेको छ।
परराष्ट्रमन्त्री डा। राणाले युद्धविरामका लागि इजिप्टको भूमिकाका लागि इजिप्ट सरकारलाई धन्यवाद दिइन्। परराष्ट्रमन्त्री डा। राणा स्वास्थ्य उपचारका लागि बैंककमा रहेकी छन् र त्यहीँबाट फोन वार्ता गरेकी छन्।
प्रतिक्रिया