काठमाडौँ- गायक टाटालू आमिर होसेन माध्सोउद्लू ३७ वर्षीय हुन् । गायक टाटालू ईशनिन्दा पैगम्बर मोहम्मदको निन्दा गरेको अभियोगमा दोषी ठहर भएका छन्। इरानको सर्वोच्च अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको छ।
सुरुवातमा उनलाई ५ वर्षको जेल सजाय दिइएको थियो। अभियोजनकर्ताहरूले यस फैसलाको विरोध गर्दै पुनरावलोकनका लागि याचिका दायर गरे।
सर्वोच्च अदालतले मुद्दा रि(ओपन गर्दै मृत्युदण्डको फैसला सुनायो।
यसअघिको मुद्दामा उनलाई १० वर्षको जेल सजाय दिइएको थियो। इरानी सरकारले यी आरोपमा पनि उनलाई दोषी ठहर गरेको छ। सन् २०१८ देखि टाटालू इस्तानबुल, टर्कीमा बस्दै आएका थिए। सन् २०२३ डिसेम्बरमा टर्किश प्रहरीले उनलाई इरानी अधिकारीलाई सुपुर्द गरेको थियो। यो फैसला अन्तिम भने होइन। टाटालूसँग यो फैसलाविरुद्ध अपिल गर्ने अधिकार सुरक्षित छ।
प्रतिक्रिया