काठमाडौँ- उत्तरपश्चिमी टर्कीको बोलु प्रान्तस्थित कारतलकाया स्की रिसोर्टमा भएको आगलागीले ठूलो क्षति पुर्याएको छ। घटनामा १० जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएका छन्। बोलु प्रान्त, कारतलकाया स्की रिसोर्टमा रातिको समयमा आगो लागेको हो भने आगलागीको कारण अझै खुल्न सकेको छैन।
आगो नियन्त्रणका लागि दमकल टोलीले ठूलो प्रयासपछि आगो नियन्त्रणमा लिएको छ। घटनास्थलमा ३० वटा दमकल र २८ वटा एम्बुलेन्स परिचालन गरिएको थियो र घाइतेहरूलाई तत्काल अस्पताल पुर्याई उपचार भइरहेको छ।
दुई जनाको मृत्यु भवनबाट हाम फाल्दा भएको हो र अन्य ८ जनाको मृत्यु रेस्टुरेन्ट क्षेत्रमा भएको अनुमान गरिएको छ भने ३२ जना घाइते, जसमध्ये केहीको अवस्था गम्भीर। घटनाको समयमा होटलमा २३४ जना पाहुना रहेको पुष्टि भएको छ। आगलागीपछि होटलमा कोलाहल मच्चिएको थियो।
प्रतिक्रिया