काठमाडौँ- नेपालकै पहिलो सहकारी संस्था बखान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भक्तबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन भएको छ। उहाँको निधन शारदानगर, भरतपुर १९ स्थित आफ्नै निवासमा भएको हो।
गुरुङले अघिल्लो कार्यकालमा कोषाध्यक्ष र हाल अध्यक्षका रूपमा सहकारीको विकासमा उल्लेखनीय योगदान दिनुभएको थियो। गुरुङ शारदा मावि शारदानगरका पूर्वसल्लाहकार पनि हुनुह्न्थ्यो साथै उहाँ पवित्र आर्थिक सुधार बचत तथा ऋण सहकारीका सञ्चालक समितिका सदस्य पनि थिए ।
नेपाली कांग्रेस भरतपुर १९ का मुख्य सल्लाहकार पनि हुन् । वि।सं। २०१८ मा पञ्चायती शासनविरुद्ध लाग्दा निर्वासित भई भारतको नर्कटियागञ्जमा बस्नुभएको थियो। वि।सं। २०२५ मा आम माफीपछि नेपाल फर्केर कांग्रेस सङ्गठन विस्तारमा सक्रियता देखाउनुभएको थियो।
नेपालमा सहकारीको शुरुवात वि।सं। २०१० मा स्थापना गर्नु भएको थियो । वि।सं। २०१३ को २० चैतमा बखान सहकारी दर्ता भई नेपालमा सहकारिताको औपचारिक सुरुवात भएको थियो ।
प्रतिक्रिया