प्रहरीले स्क्रिप्ट चेक गर्ने नियम हाँस्यास्पदः दीपकराज गिरी



चितवनमा प्रहरीले एक व्यक्तिलाई कुटेको घटना सार्वजनिक भएपछि त्यसको चर्को विरोध भइरहेको छ । प्रहरीका विभिन्न गलत क्रियाकलापहरु सार्वजनिक भइरहँदा फिल्ममा भने प्रहरीको गलत क्रियाकलाप देखाउन पाइदैन ।

यही कुरालाई कलाकार दीपकराज गिरीले व्यङ्ग्य गरेका छन् । सामाजिक संजालमा उनले लेखेका छन्–‘फिल्ममा प्रहरीको पोशाक लगाएर नराम्रो काम गरेको देखाउन पाइन्न । प्रहरीले नै पहिला स्क्रिप्ट जाँच गर्ने नियम कति हाँस्यास्पद छ त्यो आजको घटनाले भन्छ ।’

उनले आजको घटना भनेर चितवनको घटनाको उदाहरण दिन खोजेका हुन् । नेपाली फिल्म बनाउँदा प्रहरीको पोशाक प्रयोग गर्नुपरेको खण्डमा स्क्रिप्ट अनिवार्य रुपमा प्रहरीलाई देखाउनुपर्ने हुन्छ ।

तर, समाजमा प्रहरीले गर्ने विभिन्न गलत क्रियाकलापलाई फिल्ममा देखाउन नपाउनु गलत भएको दीपकराजको तर्क छ ।