काठमाडौँ- सङ्खुवासभाको खाँदबारीमा सञ्चालित तेजरत्न आँखा तथा कान उपचार केन्द्रद्वारा आयोजित दुई दिने शिविरमा ६३ जना मोतियाबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको छ।
शिविरमा ५२३ जनाको सामान्य आँखा जाँच गरिएको थियो। पहिचान गरिएका मोतियाबिन्दु बिरामीहरूको शल्यक्रिया निःशुल्क गरिएको हो। शिविरमा सङ्खुवासभा, धनकुटा, र भोजपुर जिल्लाका बिरामीहरूले सहभागिता जनाएका थिए।
शिविर मेची आँखा अस्पताल, झापाको सहयोगमा सञ्चालन गरिएको थियो। डा। पुरुषोत्तम जोशीको नेतृत्वमा विशेषज्ञ टोलीले उपचार सेवा प्रदान गरेको थियो। दुई सय ५० जनालाई निःशुल्क चश्मा वितरण। वडास्तरीय आँखा जाँच गरी मोतियाबिन्दुका बिरामीको पहिचान र उनीहरूको निःशुल्क उपचारमार्फत दृष्टि पुनर्स्थापना गर्नु मुख्य उद्देश्य रहेको थियो।
प्रतिक्रिया