काठमाडौँ- नेपाल क्रिकेट संघ ९क्यान०ले अनुशासनात्मक कारबाहीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान र लेगस्पिनर सन्दीप लामिछानेलाई एक खेलका लागि प्रतिबन्ध लगाएको छ।
सन्दीपले जय ट्रफी एलिट कपको दौरान अम्पायरको निर्णयमाथि असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा सार्वजनिक टिप्पणी गरेका थिए। उनले जनवरी १० मा पोस्ट गर्दै नेपाली अम्पायरिङको स्तर सुधार्नुपर्ने र खराब निर्णयले खेलाडीहरूलाई नकारात्मक असर पर्ने कुरा उल्लेख गरेका थिए।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार, सन्दीपमाथि अनुशासन उल्लङ्घनको आरोपमा कारबाही गरिएको हो। उनलाई क्यानले आयोजना गर्ने प्रतियोगिताहरूमा एक खेल खेल्न नदिने निर्णय लिएको छ। यसका साथै, उनलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।
क्यानका अनुसार, सम्झौतामा क्यान, एसीसी, आईसीसी, खेलाडी, म्याच अफिसियल, वा टोलीबारे सार्वजनिक रूपमा टिप्पणी गर्न नपाइने स्पष्ट प्रावधान छ। सन्दीपको टिप्पणीले उक्त नियमको उल्लङ्घन भएको ठहर गरिएको छ।
प्रतिक्रिया