जङ्गली हात्ती ध्रुबेको उपस्थितिलाई ध्यानमा राखी यात्रा गर्न अनुरोध


काठमाडौँ- चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुबेु को सक्रियताका कारण कसरा हुँदै साँझको यात्रा गर्न सतर्कता अपनाउन आग्रह गरेको छ।

साँझ ५ः३० बजेपछि कसरा क्षेत्रमा दुई पाङ्ग्रे सवारीसाधनमा एक्लै यात्रा नगर्न अनुरोध गरेका छन् । समूहमा यात्रा गर्न, या ठूला सवारीसाधनको पछाडि रहेर यात्रा गर्न सल्लाह दिएका छन् । जङ्गली हात्ती ध्रुबेको उपस्थितिलाई ध्यानमा राखी, यात्रा गर्दा विशेष सतर्कता अपनाउन अपिल गरेका छन्् ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार, कसरा क्षेत्रमा हात्ती आक्रमणको सम्भावना भएकाले सावधानीपूर्वक यात्रा गरिनुपर्छ। भरतपुर माडी मार्गमा दैनिक पाँच सय दुई पाङ्ग्रे र दुई सय चार पाङ्ग्रे सवारीसाधन गुड्ने गर्दछन्। साँझपख दुई पाङ्ग्रे सवारीसाधन बढी चल्ने भएकाले जोखिम उच्च रहेको छ ।

साँझपख समूहमा मात्र यात्रा गर्ने। ठुला सवारीसाधनको पछि रहेर यात्रा गर्ने। एक्लै यात्रा नगर्ने। सडक छेउछाउमा हात्तीको गतिविधिमा ध्यान दिने। निकुञ्जले यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न र सम्भावित आक्रमणबाट जोगाउन यी उपायहरू अवलम्बन गर्न जोड दिएको छ।