काठमाडौँ- रौतहटको सीमावर्ती क्षेत्रमा नक्कली पेस्तोल देखाएर सर्वसाधारणसँग पैसा माग्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला खडुही ग्राम पञ्चायत ४ का अब्दुल कलाम रहेका छन् । ईशनाथ नगरपालिका–४, मठीया गाउँ छेउ कलामले चाइनीज नक्कली खेलौना पेस्तोल देखाएर सर्वसाधारणसँग पैसा मागिरहेका थिए। स्थानीय प्रहरी चौकी मठीयाको टोलीले घटनाको सूचना पाएर उनलाई मङ्गलवार पक्राउ गरेको हो।
आरोपीविरुद्ध मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतोले दिए।
प्रतिक्रिया