दिकिलाले साइन् गरिन् ‘कुस्ती’



फिल्म ‘माइतीघर’को छायांकन सुरु नहुँदै नव–नायिका दिकिला शेर्पाले नयाँ फिल्म साइन गरेकी छिन् । उनले, साइन गरेको नयाँ फिल्मको नाम ‘कुस्ती’ हो ।

अनिल योञ्जनको निर्देशनमा तयार हुन लागेको यो फिल्मको टिमसँग कागजी संझौता गरेर दिकिलाले वर्कशप समेत जोइन गरिसकेकी छिन् ।

यो फिल्ममा नायक धिरज मगर र नायिका मिरुना मगरले काम गर्ने पक्का भइसकेको छ । फागुनबाट फिल्मको छायांकन सुरु गर्ने तयारी निर्माणपक्षको छ । यो फिल्मलाई कलाकार वुद्दि तामाङले निर्माण गर्दैछन् ।

एमटीभीको चर्चित रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट दिकिला चिनिएकी हुन् । यो फिल्मको छायांकन फागुन महिनाबाट सुरु हुनेछ । फिल्ममा दिकिलाको भूमिका के हुने भन्ने खुलाइएको छैन । यो फिल्मलाई आउँदो बर्षको भदौ महिनामा रिलिज गर्ने तयारी गरिएको छ ।

दिकिलाले भारतबाट नेपाल आएर फिल्मको पात्रका लागि स्क्रिन टेष्ट दिएर छनोट भएको निर्देशक योञ्जनले जानकारी दिए । दिकिला यो फिल्मबाट आफू निकै उत्साहित भएको बताउँछिन् । आफूले सक्दो मिहिनेत गरेर उत्कृष्ट काम गर्ने दिकिलाको भनाई छ । यो फिल्ममा नायक धिरज मगर र नायिका मिरुना मगरको मुख्य भूमिका रहनेछ ।

अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा निर्माण हुन लागेको यो फिल्मले छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथालाई बताउने निर्देशक योञ्जनको भर्नाइ छ ।