काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजका सबै निर्धारित कार्यक्रम स्थगित गरिएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँको स्वर भासिएर बोल्न कठिनाइ भएको कारण कार्यक्रम स्थगित गरिएको हो। यद्यपि, स्वर भासिनुबाहेक अन्य गम्भीर स्वास्थ्य समस्या नरहेको सचिवालयले जानकारी दिएको छ।
स्वास्थ्य अवस्थाका कारण प्रधानमन्त्री ओली आज २४औँ सशस्त्र प्रहरी दिवसको कार्यक्रममा पनि सहभागी हुन सकेनन्। सचिवालयले उहाँको स्वास्थ्यमा चाँडै सुधार हुने अपेक्षा गरिएको जनाएको छ।
प्रतिक्रिया