रवि लामिछानेविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी बहस गर्ने


काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सहकारी पीडितहरूको तर्फबाट बहस गर्न जाँदैछन्। त्रिपाठीले यसअघि काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीका पीडितहरूको तर्फबाट बहस गरेका थिए, जसका क्रममा उनलाई माघ २ गते अदालत परिसरमा रास्वपा समर्थकले आक्रमण गरेका थिए।

जिल्ला अदालत रुपन्देहीस् रविको बयान र थुनछेक बहस आजदेखि सुरु हुँदैछ।
विको मुद्दा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा पेशी तोकिएको हो ।
प्रतिवादीहरू रवि लामिछाने, रविना रिमालसहित २२ जना हुन् । सहकारीका १,८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना भएको देखिएको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले यस प्रकरणमा पीडितहरूको तर्फबाट अदालतमा आफ्नो बहस प्रस्तुत गर्दैछन्। उनले काठमाडौंको प्रकरणमा जस्तै, बुटवलमा पनि सहकारी ठगीका पीडितहरूको न्यायका लागि कानूनी लडाइँ लड्ने बताए।